Sustain Humanity


Wednesday, May 6, 2015

खबरदार!! श्री पशुपतिनाथ फाउन्डेसनको दान

खबरदार!! श्री पशुपतिनाथ फाउन्डेसनको दान एनआरएन एनसीसी अफ युएसएलाई पोस्न पाइदैन, यदि पोस्ने हो भने फाउन्डेसनको बोर्डको बैठकले गरेको निर्णय देखाउन सिधाकुरा फाउन्डेसनका अध्यक्ष भक्त थापा र उपाध्यक्ष ऋषि ढकाललाई अनुरोध गर्दछ, अहिलेसम्म फाउन्डेसनको नाउमा कति दान उठेको छ? को को दाताहरु हुन त्यो रकम दिने उनीहरुको नाम समेत फाउन्डेसनको वेब साइटमा देखाउन अध्यक्ष थापा र उपाध्यक्ष ढकाललाई सिधाकुरा चुनौती दिन्छ । अध्यक्ष थापा र उपाध्यक्ष ढकालले यदि त्यो कुराहरुको पारदर्शिता नदेखाई, सदस्यहरुलाई जानकारी नदिई र बोर्डको बैठकबाट निर्णय नगरी एक पेनी पनि एनआरएन एनसीसी अफ युएसएको खातामा ट्रान्सफर गर्न लागिएको हो भने अध्यक्ष थापा र उपाध्यक्ष ढकालले तत्काल राजिनामा देउ । फाउन्डेसनको स्पिरिट र सदस्यहरुको सहमति बेगर एक पेनी ट्रान्सफर भयो भने अध्यक्ष थापा र उपाध्यक्ष ढकाल बिरुद्द फाउन्डेसनमा अबिस्वाश प्रस्ताब तत्काल दर्ता गर्ता गर्न सम्पूर्ण सदस्यहरुलाई सीधाकुरा सुझाउँछ । फाउन्डेसन थापा र ढकालको मनमोजि गर्ने ठाउँ होइन । फाउन्डेसनको बोर्डमा जानकारी नदिई कुन हैसिएतले फाउन्डेसनले उठाएको दान एनआरएनमा ट्रान्सफर गर्ने निर्णय अध्यक्ष थापा र उपाध्यक्ष ढकालले देहायको बुँदा नम्बर तीन अन्तर्गत निर्णय गर्न सफल भए? फाउन्डेसनका मनकारी दाता श्री बेद भक्त जोशीको नाउ दुरुपयोग गरेर त यत्रो आँट गरिएको होइन? प्रश्न यहाँनेर छ । 
श्री पशुपतिनाथ फाउन्डेसनको महिमा र गरिमा झुत्रो टालो जस्तो भएको एनआरएन एनसीसी अफ युएसएको भविष्यसंग गाँस्न पाइदैन, फाउन्डेसन आफै ५०१ सी अन्तर्गतको नाफा रहित सामाजिक संस्था मात्र होइन सबै नेपालीहरुको आश्थाको केन्द्र पनि हो, फाउन्डेसनका भक्तालु, आस्थाबान, मनकारी दाताहरु एनआरएन एनसीसी युएसए जस्तो राजनीतिक र गुटबन्दीको शिकार संस्थाका सदस्यहरु जस्ता हैनन, यस्तो बास्तबिकता स्पस्ट भए पछि कीन फाउन्डेसनका एका दुई व्यक्तिहरु अहिले बोर्डको बैठकको निर्णय बिना त्यो फोहोरी खेलका संरक्षक एनआरएन अमेरिकाका दुई चार जनासंग हातेमालो गरेर भुकम्प पीडितको नाउमा २० औं हजार डलर एनआरएनको खातामा ट्रान्सफर गर्न उद्दत भएका हुन? सबैभन्दा पहिले यसको जबाफ अध्यक्ष भक्त थापा, उपाध्यक्ष ऋषि ढकाल, एनआरएन आइसीसीका सदस्य राजेन्द्र सिवाकोटी, आइसीसी प्रतिनिधि पदका अयोग्य उम्मेदवार पुरुषोत्तम ढकाल आदिले जबाफ देउ, यदि जबाफ आउन सक्दैन भने फाउन्डेसनबाट फन्ड ट्रान्सफर तत्काल रोक, बास्तबिक भुकम्प पीडितहरुको लागि फाउन्डेसन स्वयमले आर्थिक तथा भौतिक सहयोगको संयोजन गर्नु पर्छ, त्यसका लागि सीधाकुरा काठमान्डू पुगेर सघाउन तयार छ, एनआरएन एनसीसी अफ युएसएको भूमिका अहिले कुनै आबश्यकता छैन, त्यो आबस्यकता आइसीसी अध्यक्ष शेष घले स्वयमको उपस्थितिमा भैरहेको सहयोगले पुरा गरिरहेको छ ।
फाउन्डेसनको फन्ड ट्रान्सफर गर्ने बारे अध्यक्ष थापा र उपाध्यक्ष ढकालहरुले मनोमानी ढंगले काम अगाडी बढाउने जुन सड्यन्त्र गरेका छन त्यसको पर्दाफास उनीहरुले अबैधानिक ढंगले गरेको देहायको निर्णयहरुले बताईरहेको छ: 
Dear Team members,
Please note the following minutes of meeting held on May 04, 2015.
Presence:
1. Veda B Joshi
2. Rishi Dhakal
3. Sharada Shrestha
4. Balaram Thapa
5. Purushottam Dhakal
6. Gokul Poudyal (on phone)
7. Ram Pandey
8. Mukunda Dhungana
9. Gyanendra Gurung
10. Dil Shrestha
11. Bishes Katuwal
12. Uma Karki Thapa
13. Sudip Panta
14. Tika Angdembey
15. Bhakta Thapa (Called during meeting)
16. Rajendra Siwakoti
Observer:
1. Chakrapani Mishra
2. Rekh Upreti
3. Hem Raj Bhatta
4. Sita Uprety Prasai
5. Samarpan Prasai
Decision on Agenda:
1. Updates: Out of first lot of 500 tents ordered from India, 300 tents have been distributed through Biso Subedi, Jaswant Shrestha and their team. Rest of 200 tents are with Mr. Gokul Poudyal for distribution. Out of 77 boxes (1523 tents) ordered from China, 11 boxes arrived in Kathmandu and distributed to victims by Ministry of Foreign Affairs. Rest of the rents are processing for shipping by supplier.
2. Organization name to use: We will use Shree Pashupatinath Foundation, USA name to expedite all the paperwork and its banner where it is a compulsion. In general we will use Shree Pashupatinath Foundation, USA and Southern California Community in t-shirts or in banner while helping victims and in all other situation.
3. Channel of funds disbursement: We will take help of NRN NCC USA, where possible, to send our fund to Nepal.
4. Core Committee: The following 7 members Core Committee has been created to make minor decisions in the cases where it’s not possible to call entire committee meeting for immediate minor decisions. 
i. Veda B Joshi
ii. Rajendra Siwakoti
iii. Rishi Dhakal
iv. Uma K Thapa
v. Ram B Pandey
vi. Sharada Shrestha
vii. Gyanendra Gurung
5. Other: i) Decided to distribute around 1000 food packets (that costs NPR 2,000.00 per packet) to the victims and their families to those areas where nobody has supplied yet. Therefore, Committee has approved $20,000.00 +- $2,000.00 for food packet distribution and transportation.
ii) Committee also decided to provide JASTA PATA (Zinc plates) to victims and their families to build Goth/Tahara (shade). We will select a small village/Tole, to develop a sample Tole/village so that other donors will be encouraged to build the same kind in other areas. 
Meeting adjourned.
Rajendra Siwakoti
Member Secretary

No comments:

Post a Comment