Sustain Humanity


Wednesday, May 6, 2015

वैशाख २९ गते मंगलबार भूकम्पपीडित नेपालीका लागि १ दिने उपवास बस्न डा. सी. के. राउतद्वारा अपील

वैशाख २९ गते मंगलबार भूकम्पपीडित नेपालीका लागि १ दिने उपवास बस्न डा. सी. के. राउतद्वारा अपील
-------------------------------------------------------------

वैशाख २३ गते, राजबिराज। नेपालमा यही वैशाख १२ गते गएको महाभूकम्पको प्रलयबाट गुज्रिरहेका नेपाली जनतासँगको सद्‍भाव र राहतका लागि डा. सी. के. राउतले देश-विदेशका सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक र आम-जनतालाई वैशाख २९ गते (मई १२ तारीख) मंगलबार १ दिने उपवास बस्न र  कम-से-कम सो बराबरको अन्न-दान गर्न सबैलाई अनुरोध गरेको छ। 

भूकम्पपीडितका लागि राहत सामग्री आफ्नो ईच्छाले नजीकको कुनै पनि विश्वासिलो संघ-सस्था वा सरकारी निकायमा गएर सीधै जम्मा गर्न हुन अनुरोध पनि गरिएको छ। भूकम्पपिडीतको लागि चलाइएको सो अभियानलाई व्यापक बनाउन यो सूचनालाई गाउँ-स्तरसम्म जन-जन माझ पुर्‍याउन रेडियो, टेलिविजन, समाचार-पत्र, लाउड-स्पीकर माइकिंग आदि माध्यमबाट समेत प्रचार-प्रसार गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।

वैशाख १२ गते नेपालमा भूकम्प गए लगत्तै डा. सी. के. राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरू काठमाडौं र आसपासका क्षेत्रहरूमा सक्रिय भएर उद्धार तथा राहत कार्यमा संलग्न हुँदै आएका छन्। मधेशी जनताबाट संकलित राहतलाई समेत भूकम्प-प्रभावित क्षेत्रमा पुर्‍याउदै आएका छन्।

(नोट: स्वास्थ्यको कारणले उपवास बस्न अनुपयुक्त हुनेले उपवास नबसी सीधै अन्नदान गर्नुहुन अनुरोध गरिएको छ।)



No comments:

Post a Comment