Sustain Humanity


Sunday, May 17, 2015

शत्य र वास्तबिकता त यहिनै हो।महिनाको ५०/६० हजारको औषधी खानुपर्ने ओलीले राष्ट्रिय सरकारको नेतृत्व गर्न सक्दैनन्


Kapil Shrestha_article
कपिल श्रेष्ठ
हामीले २५ वर्षयता यता देश बनाउन जानेनौं नेताहरुले बुझेनन् । गर्नुपर्ने काम नै गरेनौं । देशलाई अग्रगतितिर लान सुरक्षित बस्ती विकास गर्न नसक्दा हामीले अहिले विपत्तिको सामना गर्नुपरेको छ । स्थानीय निकाय नभएकोले राहत पुर्याउनका लागि सम्न्वय गर्न सकिएको छैन । यस्तै बेलामा जिम्मेवार दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकारको नाममा ‘सत्ताको भाग खाने’ सोचमात्र बनाएका छन् ।
नेताहरुको यो सत्तारोग हुँदा–हुँदा पद्यरत्न तुलाधारदेखि ओम गुरुङसम्ममा सरिसक्यो । नेताहरुलाई झैं उनीहरुलाई पनि सत्ता चाहिएको छ ।
अहिले भएको सरकार त काम लागेको छैन विपत्तिको बेला अर्को सरकार बनाउनुको अर्थ र सन्देश के ? एउटा संविधान बनाउन त नेताहरुले गरिखाएनन् । सबै मिलेर गछौं विपत्ति समाधान गछौं र देशको पुनर्निर्माण गर्छौ भन्ने स्वार्थ लिंदै शक्तिमा पुग्ने दाउ मात्र हो ।
कोइरालालाई सहमतीय नेतृत्व सुहाउँदैन
प्रधानमन्त्री सुशील कोइराला र बाहुनको प्रधानमन्त्री भए । उनका वरिपरीको घेराले त्यसैलाई चरितार्थ गर्छ । यी मान्छे जिन्दगीभर सादगी र इमान्दार देखिए, इतिहास पनि त्यस्तै छ । तर, सक्षम देखिएनन् ।
सक्षम र दृष्टिकोण भएको मान्छे होइनन् । प्रधानमन्त्रीका रुपमा भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सकेनन् । यस्ता व्यक्तिले सहमतीय प्रधानमन्त्री मै हुन्छु भन्न सुहाउँदैन ।
औषधी खाने र अस्पताल जाने ओलीले चलाउन सक्दैनन्
महिनाको ५०/६० हजारको औषधी खानुपर्ने र निरन्तर अस्तापल जानुपर्ने व्यक्तिबाट सरकार चल्दैन । प्रजातन्त्रको लागि उनको योगदान छ । माओवादी अतिवाद रोक्न ओलीको बोलीले सहयोग गरेको छ । तर, ७० र ८० वर्ष पुग्न लागेका व्यक्ति उपचार गराइरहेका व्यक्तिले मुलुक चलाउने दिन गए ।
प्रधानमन्त्री बन्थे, अरुले बन्न दिएनन् भन्ने विषयलाई अब ओलीजीले आत्मकथामा लेख्नुपर्छ । उनका वरिपरि देखिएका नेता गु्रपिज्जमा छन् । भारत र चीनलाई खुशी पारेर शक्तिमा पुग्ने सोचदेखि केही देखिन्न ।
आफ्नो राजनीतिक करिअरमा ओली अहिलेसम्म प्रधानमन्त्री बन्न सकेका छैनन् । त्यसैले ओली सिंहदरबारबा एकपटक फोटो टागेर बिदा हुने दाउमा छन् । सोही कारण भूकम्पपछिको संकटमा आफूले निकास दिन सक्ने भन्दै नेतृतवमा दाबी गरिरहेका छन् । ओलीले प्रचण्डसँग सत्ताकै लागि दिनको दुईपटक भेट गर्नु पद र सत्तालोलुपताको पराकाष्ठा हो ।
प्रचण्डलाई सानो स्वार्थका लागि ढाँटेको आरोप
जनताले दोस्रो निर्वाचनबाट प्रचण्ड मोडलको राजनीतिक काम लाग्दैन भनेर अस्वीकार गरेका छन् । आन्दोलनका उनले सही नेतृत्व दिएका छन् तर, मुलुक चलाउने र आन्दोलनको नेतृत्व फरक कुरा विषय हुन् ।
सरकार चलाउने ठाउँमा प्रचण्ड नपुगेका होइनन् तर, मुलुक चलाउने सक्षमता देखाउन सकेनन् । जनताको विश्वास देखिएन । जनताले जहिल्यै प्रचण्डको इमान्दारीमाथि शंका गरे । सानो स्वार्थको लागि पनि प्रचण्डले ढाट्ने गरेको आरोप लागिरहेको छ ।
त्यसैले अहिलेको संकटमा अरु जस्तै प्रचण्डले पनि सत्ताको सही नेतृत्व गर्न सक्दैनन् । विपत्ति समाधानका लागि भन्दै  स्वार्थ सत्ताले मात्र राष्ट्रिय सरकारको कुरा आएका हुन् ।
बाबुरामलाई बाहिरै बसेर बुद्धिमता देखाउने अवसर
एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि सत्ता चलाइसके । जनादेशबाट माओवादीप्रति आस्था र विश्वास देखिइसकेको छ । बाबुरामहरुको राजनीति यतिखेर ‘ट्रान्जिसन’मा छ ।
बाबुराममा साँच्चै खुबी छ भने विलक्षण प्रतिभा देखाउने बेला आएको छ । प्रधानमन्त्री भन्दा उहाँ विशेष मन्त्री वा सल्लाहकार बनेर विपत्तिमा योगदान र सहयोग गर्न सक्नुहुन्छ । यसका लागि प्रधानमन्त्री नै किन बन्नुपर्यो ? प्रधानमन्त्रीभन्दा अरु पदबाट योगदान गर्ने, हिम्मत, आँट र बुद्धिमता देखाउने बेला हो ।
प्रधानमन्त्री बनेको संख्या बढाउन उद्यत देउवा
कांग्रेस नेता शेरबहादुर देउवा पनि पटकपटक प्रधानमन्त्री भइसके । फेरि पनि कसरत गर्दैछन् भन्ने सुनिन्छ । यस्तो हेर्दा लाग्छ यी नेताहरुको जन्म नै प्रधानमन्त्री बन्नका लागि भएको हो । अरु अस्वस्थ र वृद्ध नेता जस्तै देउवाले पनि अहिलेको मुलुकको चुनौति, संकटलाई बुझेका छैनन्
विकल्प :  भिजनरी योङ पर्सन, जसले २० घण्टा काम गरोस्
अहिलेको  राजनीतिक नेतृत्वले आफ्नो सकेको र स्वार्थको सक्षमता वा असक्षमता देखाइसक्यो । यिनीहरुको भूमिका हेर्दा अहिलेको अनुहारले प्रजातन्त्र र संकटको चुनौति बुझेका छैनन् ।
त्यसैले, नयाँ जेनेरेसशनले नेतृत्वल पाउने गरी ‘ग्रुम’ गर्न थाल्नुपर्छ । अब क्याविनेट भनेको ‘एक्स म्यान’ र ‘एक्स विमेन’ थुपार्ने ठाउँ होइन । बेलायत अमेरिकामा ४० र ४२ वर्षका नेताहरु प्रधानमन्त्री राष्ट्रपति हुन सक्ने यहाँ किन हुन नसक्ने ?
पुरानो सोच र विचारबाट देश अल्झियो । बुढाहरुमा ‘इगो’ धेरै हुन्छ । हिजो किसुनजी, गिरिजाबाबु, गणेशमानजीहरुको द्धन्द्ध यस्तै देखाएको छ ।
विनाशकारी भूकम्पपछि जनताको घर आँगनमा पुग्नेले व्यक्तिले नेतृत्व लिनुपर्ने बेला आएको छ । मुटुमा आँट र चुनौतिलाई सामना गर्ने कल्पनाशीलता भएको नेतृत्व अब आउनुपर्छ । त्यसैले २४ घण्टामा २० घण्टा गर्ने काम प्रधानमन्त्री मुलुकले खोजेको छ ।
भूकम्प आएको क्षेत्रमा धनी र नवधनीको घर मात्र बचेका छन् । पछि धन कमाएकाहरु र पहिले धनी भएकाहरुको मात्र बच्नुले यही सन्देश दिन्छ । भष्टाचार गरेर, एनजिओलाई पेशा बनाएकाहरुको घर भत्किएको छैन । तर, गा्रमीण बस्ती नै नचिनिने अवस्थामा छन् । यस्तो बेलामा आएका  राहतलाई प्रभावकारी बनाउन नसक्ने
द्धन्द्ध सकिएपछि अफगानिस्तानमा अरबौ डलर आयो । यहा छुच्छोपनले वैदेशिक शक्ति आएन ।
टेस्टेड पूर्व प्रधानमन्त्री विकल्प होइनन:
संकटलाई एकातिर छोडेर पूर्व प्रधानमन्त्रीहरुले एकै स्वरमा राष्ट्रिय सहमतिको सरकारले मात्र भूकम्पछिको संकटलाई समाधान गर्ने बताए । यो भनेको जन्मेकै प्धानमन्त्री बन्न जस्तो देखियो । ‘टेस्टेड’ यी व्यक्तिहरु संकटको बेलामा विकल्प बन्न सक्दैनन् । चरम सत्ता स्वार्थले घेरिएर मात्र उनीहरुले यस्तो बोलेका हुन् । सत्तामा छँदा यिनीहरुले के गरे ? संविाधन बनाए ? देशलाई निकास दिए ? अब विपत्ति व्यवस्थापन गर्छन् भन्ने ग्यारेन्टी के ?
लेखक प्रध्यापन तथा मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।

rabi raj thapa thapa.rabiraj@gmail.com

No comments:

Post a Comment