Sustain Humanity


Thursday, May 14, 2015

लाप्राक गोरखामा भूकम्पले धाजा फाटेको जमिन वर्षा थेग्न नसकेर पहिरिने खतरा छ

लाप्राक गोरखामा भूकम्पले धाजा फाटेको जमिन वर्षा थेग्न नसकेर पहिरिने खतरा छ

Tej Kumar Karki



स्थानीयका अनुसार गोरखामा भूकम्प प्रभावितमध्ये सबैभन्दा जोखिममा लाप्राक  भूकम्पले धाजा फाटेको जमिन वर्षा थेग्न नसकेर पहिरिने खतरा   अहिले पनि यहाँदिनहुँ असिनापानी पर्छ  

स्थानीय मणिकामदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसान गुरुङलेभने, ‘अरू गाउँमा भत्किएका घर फेरि पुरानै ठाउँमा खाँबा गाडेर उभ्याउन मिल्छ तर,लाप्राकमात्रै यस्तो  जसलाई पहिरोले ढिलोचाँडो लैजाने संकेत देखिएको  ’ 


IT IS IMPORTANT TO EVACUATE LAPRAK VILLAGERS IMMEDIATELY AND RESETTLE THEM IN THE PLAINS AT LEAST FOR THIS MONSOON 

LET ALL OF US WHO ARE IN NEPAL URGE THE GOVERNMENT TO TAKE ACTION AND LET NOT THESE VILLAGERS DIE------SIMPLY BECAUSE OF INACTION
CDO OF THAT AREA MUST ACT

छुट्यो थातथलो

  • भूकम्पले सबैजसो घर भत्काएपछि लाप्राकका सयौं परिवार अन्तै सरे
  • गोरखाको लाप्राक–६ की ८० वर्षीया सुनमाया गुरुङ आफ्नो सामान बोकेर गाउँभन्दा आधा घण्टा उकालोको रिन्जिनलुङमा बास बस्न जाँदै (माथिल्लो तस्बिर) र लाप्राककै गुप्सी डाँडामा त्रिपाल टाँगेर आश्रयस्थल बनाउन माटो मिलाउँदै स्थानीय । लाप्राक–६ का करिब ६ सय घरमध्ये सबैज तस्बिर : भीम घिमिरे/कान्तिपुर

    बेलायती सेना र सिंगापुर प्रहरीमा काम गरेर अवकाश पाएकाहरू बारपाकमा धेरै छन् । लाप्राकमा छिटपुट भारतीय सेनाका सेवानिवृत्तमात्रै । उनले भने, ‘स्तरका हिसाबले पनि हामी बारपाकभन्दा कम पहुँच भएकाहरू पर्‍यौं ।’ भूकम्पपछि बारपाकमा फेरि घर बनाउन सकिने अवस्था छ । तर, लाप्राकको भने बस्ती नै सबै पाखा चिरा परेकाले जोखिममा छ । हाल चार सय हाराहारी परिवारले शरण लिएको गुप्सीडाँडा गुराँसे वनको फेदीमा २७ सय मिटर उचाइको चिसो क्षेत्र हो ।

    यहाँ भदौ असोजदेखि नै हिउँ पर्छ । ‘तैपनि यो डाँडा कसैको निजी होइन, सरकारले व्यवस्थापन गरिदिने भए यहाँ बसाइँको विकल्प हुनसक्छ,’ मार्सिङले भने, ‘हामीलाई अहिले बासकै चिन्ता छ । वर्षा लाग्यो । पाखा चिएको छ, कतिखेर पहिरोले लाने हो भन्ने डर छ ।’

    घटनाको चार दिनपछिमात्रै सेना र प्रहरीको टोली आएर सघाउन थालेको यो गाउँमा माटो उर्वर किन भएन भनेर एउटा फ्रान्सेली संस्थाले अध्ययन गरिरहेको थियो । स्थानीय लाप्राकको साथी संस्थासँगको सहकार्यअन्तर्गत अनिल गुरुङ भूकम्पका बेला फ्रान्सको इल्युमा थिए । ‘यहाँ दुईजना फ्रेञ्च भोलेन्टियर काम गरिरहेका थिए । उनीहरूले उता गरेको म्यासेजबाट मैले गाउँमा भूकम्पको घटना थाहा पाएँ’, घटनाको एक सातापछि राहत लिएर आइपुगेका उनले भने, ‘खबरले बारपाकबाहेक अन्तको कुरै दिँदैनथ्यो । मैले आफ्नो गाउँको फोटो बाबुराम भट्टराईको फेसबुकमा देख्न पाएँ ।’ एक स्वयंसेवी घर भत्केर घाइते भएपछि दुवै तत्कालै आफ्नो देश फर्किएको उनले बताए । ‘म पनि उताबाट गरिरहेको काम छाडेर आएको छु’, उनले भने, ‘गोरखा सदरमुकामबाट यहाँ आइपुग्ने बाटो नै पहिरोले लगेको छ । सबैले ज्यानकै संकट भोगेका छन् । हेरौं हामी युवाले जे सकिन्छ गर्न लागिपरेका छौं ।’

    भूकम्पले लाप्राकको लघु जलविद्युत् पनि क्षति गरेपछि यहाँ विजुली छैन । गाउँले अचेल दिनभर घरका भग्नावशेष खोतलेर सामान झिक्ने र साँझ अलि अग्लो स्थानको आश्रयमा मुन्टो लुकाउने गरिरहेका छन् । स्थानीय मानबहादुर गुरुङले भने, ‘अहिले हामी कसको कति क्षतिभन्दा पनि ज्यान कसरी बँचाउने भन्नेमै व्यस्त छौं ।’

    केही वृद्धवृद्धा मायाले गाउँ छाड्न नसक्ने पनि छन् । लडेको घरमा जस्ताको टेको लगाएर कुरेका एकाधमध्येका ६५ वर्षीय विक्रम गुरुङले भने, ‘हाम्रो मिडिया धेरै कमजोर । क्षति भएको सबै ठाउँमा पुगेर यथार्थ देखाइदिए पो सरकारले थाहा पाउँछ, संसारले थाहा पाउँछ । जोखिम हुन्छ भनेर विकटमा पुगेनन् । हामीजस्ताको कुरो कसले बाहिर बताउने ?’ नेपाली सञ्चारमाध्यम क्षति भएका लाप्राकजस्ता धेरै गाउँ पुग्न नसकेकाले लाप्राकका कुरा पनि बाहिर जान नसकेको गुनासो उनले गरे । ‘म त हेर्नुस्, घर भत्किएको छ’, उनले भने, ‘आँगनमा पाल राखेको छु । यही घर कुरेर बस्छु । विकल्प आयो भने त्यसमा स्थिति हेरेर अघि बढ्ने हो । नभए जाने ठाउँ पनि छैन ।’

    गुप्सीडाँडामा नेपाली सेनाका १३, प्रहरीका २ र सशस्त्रका २५ जनाको टोली पनि बसेको छ । सुरक्षाकर्मीको यो टोलीले मार्सिङकै सल्लाहमा गाउँलेको खाँचोअनुसार सघाइरहेको छ । सेनाका सुबेदार हुमबहादुर थापाले भने, ‘हामीले भूकम्प आएकै दिन २५/३० जना घाइतेलाई उपचारका लागि पोखरा पठायौं । अब सामान्य अवस्था छ । केटाकेटीलाई चिसो लाग्ने स्थितिमात्रै अप्ठयारो हो ।’ उनका अनुसार दिनभरि सुरक्षाकर्मीको टोलीले गाउँलेका भत्केका घरबाट आहिने सामान झिक्न सघाएको छ । सबैजसो घर ढुंगाको गारो र छानो भएका थिए । ती कुनै सग्ला छैनन् । केही पक्की र काठका घर पनि लडेका घरले चेपिएको अवस्थामा छन् ।

    गाउँ सार्ने विकल्प

    स्थानीयका अनुसार गोरखामा भूकम्प प्रभावितमध्ये सबैभन्दा जोखिममा लाप्राक छ । भूकम्पले धाजा फाटेको जमिन वर्षा थेग्न नसकेर पहिरिने खतरा छ । अहिले पनि यहाँ दिनहुँ असिनापानी पर्छ । स्थानीय मणिकामदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसान गुरुङले भने, ‘अरू गाउँमा भत्किएका घर फेरि पुरानै ठाउँमा खाँबा गाडेर उभ्याउन मिल्छ तर, लाप्राकमात्रै यस्तो छ जसलाई पहिरोले ढिलोचाँडो लैजाने संकेत देखिएको छ ।’

    यहाँ विद्यालयका करिब ४० लाखमा निर्मित दुई भवन उद्घाटनको तयारीमा थिए । उद्घाटन हुने चार दिनअघि नै भूकम्पले ध्वस्त बनाएको छ । ‘हामी अब स्कुल बनाउने कि बस्ती सार्ने, ज्यान कसरी जोगाउने भन्ने अलमलमा छौं’, उनले भने, ‘भएजति सबैथोक सिध्यायो । आस यति छ नयाँ ठाउँ सरियो भने यस्तै सिर्जना फेरि गर्छौं ।’

    हाल धेरैले आश्रय लिइरहेको गुप्सीडाँडाभन्दा उत्तम र नजिकको विकल्प अरू नभएको उनले बताए । स्थानीय रामबहादुर गुरुङले भने ‘मनास्लु, लार्केपास जाने पर्यटक आएर यही आएर बास बस्थे, होटल चल्थ्यो । अब सबै सकियो ।’ नयाँ सिर्जनाका लागि सुरक्षित थलो खोज्न सरकारले सघाउनुपर्ने उनले बताए । भूकम्पलगत्तै उद्धारमा यहाँ खटिनेमध्येका उनले भने, ‘ठूलोआँगनमा अझै आठ घरले थलो छाडेका छैनन्, अरू सबै माथि डाँडामा त्रिपालमुनि पुगेका छन् ।’ मोटरबाटो, गोरेटो, कान्ला, पाखा सबै धेरै ठाउँ चिरिएका छन् । उनका अनुसार भत्किए पनि घरको मायाले भग्नावशेष कुरेर बस्ने थोरै वृद्धवृद्धा छन् । केही युवाले पनि परिवार सुरक्षित मानिएका थलोमा पुर्‍याएर रात घरकै भग्नावशेषमा काट्न थालेका छन् ।

    लाप्राक ९ का तुलसिं गुरुङ घटनाको दिन आरुघाटमा थिए । मंगलबार बारपाकबाट आफ्नो घर जाँदै गरेको भेटिएका उनले भने, ‘अब लाप्राकमा भोकमरीको समस्या हुने भयो । घर छैन, अन्नपात पुरिए । राहतले कति दिन थेग्ला ?’ खेतहरू चिरिएकाले जान जोखिम छ । घर भत्किएको र बास असजिलो भएको समस्याले खेतका जौ काट्न पनि गाउँलेको मन स्थिर हुने अवस्था नभएको उनले बताए । ‘छिटै बाटो खुल्ने सम्भावना देख्दिन,’ उनले भने, ‘पुरानै ठाउँमा बस्न जोखिम छ । नयाँ ठाउँ सरेर कहिले व्यवस्थित हुने होला ।’ पुरानो बस्तीलाई तत्काल नयाँ ठाउँ सार्न र केही समयका लागि खाद्यान्नमा सरकारले सघाएमा गाउँले फेरि पुरानो बाँच्ने शैलीमा फिर्न सक्ने उनले बताए । ‘अलिकति भर भए गरिखान्छौं भन्ने आस मरेको छैन’, उनले भने, ‘यत्रो विपत्तमा पनि हामीले होस सम्हालेर अब केही गर्छौं । बरु भर देऊ भनिरहेका छौं ।’

    के हुँदै छ बारपाकमा ?

    लाप्राकको छिमेकी गाउँ बारपाकमा भने घरका भग्नावशेष खोतलेर सामान झिक्ने र बासको प्रबन्ध गर्ने काम व्यवस्थित हुन थालेको छ । हेलिकप्टरले दिनको दर्जन पटक सामान र मान्छे ओसार्ने गरिरहेको छ ।

    घटनाकै दोस्रो दिनदेखि यहाँ सेनाले चलाएको मेडिकल क्याम्प जारी छ । भूकम्पको केन्द्रबिन्दु बारपाकमा नेपाली सेना, भारतीय सेना, प्रहरी र सशस्त्रको उल्लेख्य संख्याको टोली परिचालित छ । भारतीय सेनाको १७ इञ्जिनियर रेजिमेन्टका लेफ्टिनेन्ट कर्नल निखिल शंकरनले भने, ‘बारपाकमा अब लगभग पहिलो चरणको उद्धार सकियो । अब झिक्ने हटाउने भनेको घरले थिचेर मरेका पशुचौपायाको सिनो मात्रै हो ।’ सबै सुरक्षा टोली मिलेर यहाँका ढुंगाका छाना र गारो भएका घरका भग्नावशेष हटाएपछि बाटो अब केही अप्ठ्यारोसँगै हिँड्न मिल्ने भएको छ ।

    ‘बारपाकमा अब तलबाट बाटो बन्ने हो भने स्थानीयले आफ्नो जीवन चलाउन सक्ने अवस्था हुँदै आएको छ’, शंकरले भने, ‘बाटो र बिजुली भयो भने यहाँ फेरि गाउँलेले आफ्ना लागि गरेर खान सक्छन् ।’ दोस्रो चरणमा अब नेपाली सेनासँगको सहकार्यमा आफूहरूले बाटो बनाउने र गाउँलेको आवश्यकताअनुसार घरका भग्नावशेष पन्छाउने काम गरिरहेको उनले बताए ।

    बारपाक आइपुग्ने मार्ग बालुवाका विभिन्न स्थानमा पहिरो गएकाले सडकमार्ग अवरुद्ध छ । त्यहाँ सुरक्षाकर्मीले एक सातादेखि खुलाउने प्रयास गरिरहेका छन् । तर, निरन्तरको पहिरो र केही स्थानमा सडक धाँजा फाटेकाले आउजाउ सुचारु हुन अझै समय लाग्ने अवस्था छ ।

    प्रकाशित मिति: २०७२ वैशाख ३१ १०:०६

No comments:

Post a Comment