माफी माग अनि फिर्ता लैजाऊ भारतीय सेना !
सम्पादकीय
विचार डबली २० बैशाख २०७२ 31.2K 72 0

नेपाल में भारतीय सेना का चित्र खबर डबली डॉट कॉम पर
घरआँगनमा भयानक संकट बनेर आइलाग्यो । तर, यही दिनलाई कसैले भने ‘दसैं’ ठान्ने प्रयास गरेको पनि देखियो । विनाशकारी महाभूकम्पबाट नेपाल राष्ट्र, नेपाली समाज र यहाँको जनजीवनमा सिर्जित त्रासदी, कहर र शोक–पीडा अझै मत्थर हुन सकेको छैन । राष्ट्र र जनताका जस्तासुकै कामकाज, मर्का, समस्या र दुःख–पीडामा पनि सबैभन्दा पहिले ‘कमिसन’ र ‘शुभलाभ’ खोजिहाल्ने यहाँको भ्रष्ट सत्ता–संरचना र कतिपय राजनीतिक दलहरुको कुरा त आफ्ना ठाउँमा बेग्लै छ, यतिबेला चाहिँ ‘छिमेकी मित्रराष्ट्र’ भारतले अपनाइरहेको रवैयाले सबैभन्दा बढ्ता आश्चर्यचकित र स्तब्ध तुल्याएको छ ।
अघिल्लो शनिबारको महाविनाशकारी भूकम्पको भोलिपल्टैदेखि छिमेकी भारतले पीडित नेपालीहरुको ‘उद्धार र राहत’ मा ‘संवेदनशीलता दर्शाउँदै’ उद्धार र राहतको क्षेत्रमा सघाउन सुरु गरेका खबरहरु प्रकाशमा आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दर्जनौ भारतीय हेलिकप्टर अवतरित भए । सयौं भारतीय गाडीहरु पनि राजधानीका सडकहरुमा ताँती लागे । मनमनै ‘सनातनी भारतीय व्यवहार’ को तितो चस्का लाग्दालाग्दै पनि महाविपत्तिको घडीमा छिमेकी मित्रराष्ट्रको व्यवहार त्यतिसाह्रो घटिया नै त नहोला भन्ने ठान्दै धेरैले स्वागतका साथ आशातीत नजरले नै हेरे ।
दुःखकाे कुरा, भारतीय गाडीहरु नेपालमा उद्धार तथा राहतका निम्ति कहींकतै प्रयोग गरिएनन् । यहाँ रहेर अनेकौं उद्योग–धन्दा, व्यापार–व्यवसाय गरिरहेका भारतीयहरुलाई स्वदेश फर्काउन मात्र प्रयोग गरिए उनका गाडीहरु । अझ उदेकलाग्दो त के देखियो भने नेपालका कुनै सुरक्षा–संयन्त्र र विमानस्थल प्रशासनसँग समेत अनुमति नै नलिई एयरपोर्टमा थुप्रिए भारतीय बिमान–हेलिकप्टरहरु । तिनमा सवार भारतीय सुरक्षाकर्मी, जासुस, सुरक्षा अधिकारीहरु र सञ्चारकर्मीहरुले पीडाग्रस्त छिमेकी सार्वभौम राष्ट्रको थोरैसम्म मर्यादा राख्ने न्यूनतम शिष्टाचार जनाउन समेत जानेको देखिएन । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा निरीह ठहरिए यहाँका सुरक्षा अधिकारी र विमानस्थल प्रशासन । अनि बाध्य भए, लुरुलुरु उनकै सहयोगीका रुपमा तिनैलाई सघाउन ।
तर, ती भारतीय बिमान–हेलिकप्टर समेत आहत नेपालीको उद्धार गर्ने र राहत पुर्याउने कार्यमा प्रयोग भएनन् । मूलतः भारतीय सेनाको कमान्डमा गुप्त र घोषित जासुसहरु बोकेर नेपाल–चीन सीमा क्षेत्रमा सुराकी गर्दै सूचना संकलन गर्ने, भग्न नेपालका विभिन्न क्षेत्रमा रहेका बेहाल नेपालीहरुको टाउकामाथिबाट फनफनी घुमेर तमासा हेर्दै तस्बिर खिँच्ने अनि एक प्रकारले ‘मनोरञ्जन’ लिने हर्कतमा प्रयुक्त देखिए भारतीय हेलिकप्टर–बिमानहरु । भारतीय तथा नेपाली नै भए पनि भारतका जुनसुकै हर्कतप्रति ‘सफ्ट कर्नर’ राख्ने केही सञ्चारकर्मीहरुलाई बोकेर तस्बिर एवम् भिज्युअल खिँच्नमै सीमित रहे भारतीय ‘उद्धारकर्मी’ तथा विमानहरु । र, ‘भारत नै हो भूकम्पको त्रासदीबाट नेपालीलाई बचाउने साक्षात् भगवानको अवतार’ भने झैं मूलतः भारतीय र केही नेपाली मिडियाबाट समेत झुटो होहल्ला मच्चाउनुलाई नै मुख्य कर्म बनाएको देखियो– भारतीय ‘उद्धार’ टोलीले ।
नेपालमा मन्त्रीपरिषदको बैठक बसेर कुन राष्ट्रबाट सहयोग लिने र कुनबाट नलिने भन्नेबारे निर्णय लिन समेत नपाउँदै भारतीय प्रधानमन्त्रीको निर्देशनमा ‘उद्धार गर्छौं र राहत पुर्याउँछौं’ भन्दै एकाएक भारतीय सेना नेपाल भित्रनु अनि कुनै पनि राजनीतिक दलले त्यसको प्रतिवाद नगर्नु आफैंमा उदेकलाग्दो विडम्बना भएको छ । भारतीय सुरक्षा–संयन्त्रका अरु युनिट त आए–आए, नेपालसँगकै सीमा सुरक्षार्थ खटिएको सीमा सुरक्षा बल (एसएसबी) समेत ‘उद्धार र राहत’ कै नाममा नेपाल भित्रेर खुलेआम गतिविधि गर्नु समेत अन्तर्राष्ट्रिय मूल्य–मान्यताभित्रकै विषय कसरी हुन सक्छ ? महाविपत्तिको यस घडीमा अर्को छिमेकी मित्रराष्ट्र चीनले नेपालमा गर्न चाहेको सहयोग अस्वीकार गर्नका लागि भारतीय शासकहरूले नेपालको शासकवर्गलाई भित्रभित्रै दबाबमा पारेर जनधनको थप क्षति गराएको अर्को गम्भीर पक्ष त आफ्ना ठाउँमा अलग्गै छ ।
हामीमाथि आइलागेको ऐतिहासिक संकटको घडीमा भारतीय जनताले नेपाल र नेपालीप्रति दर्शाएको सद्भाव, सहानुभूति र उच्च कोटिको भ्रातृत्वभावलाई हामी पूर्ण रुपमा सम्मान गर्छौं । भारतीय शासक वर्गले नेपाल र नेपालीमाथि अघिपछि त दादागिरी गरिरहेकै छ । झन् न्यूनतम मानवीय मूल्य–मान्यता समेतको धज्जी उडाउँदै अहिलेको भीषण संकट, पीडा र दर्दका बीचमा समेत विश्वजगतलाई नै लज्जित तुल्याउँदै देखाइरहेको विस्तारवादी तमासालाई अझ कसरी सहन सकिन्छ ?
आजका दिनमा नेपाल र नेपालीलाई महाभूकम्पले जति ठूलो मानवीय–भौतिक–आर्थिक–सामाजिक चोट पुर्याएको छ, त्योभन्दा कयौं गहिरो चोट भारतीय संस्थापन पक्षले हाम्राे भावना, आत्मसम्मान र इज्जतमाथि पुर्याएको छ । त्यसैले भारत सरकारले तत्काल नेपाल र नेपालीसँग माफी मागोस् अनि तुरुन्तै फिर्ता लैजाओस् यहाँबाट उसका सेना !

खबर डबली डॉट कॉम का संपादकीय
- See more at: http://www.khabardabali.com/2015/05/17227/#sthash.660b9R0Y.dpuf

#GoHomeIndianMedia
Tag Archives: With Nepal

No comments:
Post a Comment