Sustain Humanity


Sunday, May 17, 2015

राहत वितरणमा दुई उपप्रधानमन्त्रीबीच चर्काे आरोप–प्रत्यारोप WHETHER TRUE OR FALSE, IT IS ALSO DEPRESSINGLY UNFUNNY TO HAVE TO READ FROM HALFWAY AROUND THE GLOBE ! JAY HOS !

राहत वितरणमा दुई उपप्रधानमन्त्रीबीच चर्काे आरोप–प्रत्यारोप

WHETHER TRUE OR FALSE, IT IS ALSO DEPRESSINGLY UNFUNNY TO HAVE TO READ FROM HALFWAY AROUND THE GLOBE !

JAY HOS !

-- 

The Himalayan Voice
Cambridge, Massachusetts
United States of America
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2015]
6666
काठमाडौं । विनाशकारी भूकम्पबाट पीडित भएका परिवारलाई राहत दिने विषयलाई लिएर नेपाल सरकारका दुई उपप्रधानन्त्री आरोप प्रत्यारोपमा उत्रेका छन् । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतले पीडितको पीडामा राजनीति गरेको आरोप अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आरोप लगाए छन् । ब्यवस्थापिका संसद विकास समितिको बैठकमा गौतमको खुलेर आलोचना गर्दै सिंहले भने उहाकै कारण राहतमा ढिलाई भइरहेको छ त्यो हामीलाई सह्य छैन । केन्द्रीय दैविक प्रकोप उद्धार तथा राहत समितिको प्रमुख गौतम भएका र उनले आफ्नो दलसँग नजिक भएका पीडितप्रति बढि राहत केन्द्रीत गरेको आरोप लगाए । मैले केही ठाउँको भ्रमण गरेँ, त्यहाँ कसैले धेरै राहत पाएका छन्, कतिपयले हालसम्म राहतको एक टुक्रा पनि पाउन सकेका छैनन् । यसले झन समस्या ल्याएको छ । उनले मेरो मन्त्रालयबाट गएका राहतमा राजनीति कतै भएको छैन ।

उनले जिल्ला दैविक प्रकोप उद्धार तथा राहत समिति मार्फत गएका केही ठाउँमा निस्पक्ष भएपनि धेरै ठाउँमा राजनीतिक आस्थाले काम गरेको बताए । आफू निकटका प्रमुख जिल्ला अधिकारीलाई आदेशै दिएर गौतमले राजनीति गरेको उनले आरोप लगाए । गृहमन्त्री गौतमले राहतमै राजनीति गर्न थालेपछि आफ्नो दल नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरु दैनिक गृहमन्त्रालयमा बाच गर्न पुग्ने गरेको बताए ।

उता गृहमन्त्री गौतमले राहतमा राजनीतिक गरेको प्रमाणित गर्न सिंहलाई चुनौति दिएका छन् । राप्ती काठमाडौं सम्पर्क मञ्चले गरेको रक्तदान कार्यक्रममा गृहमन्त्री गौतमले राहतमा राजनीति गरेको प्रमाणित भए देखाउन अन्यथा जथाभावी नवोल्न सिंहलाई चेतावनी दिए । मैले कुन जिल्लाका कुन स्थानमा बस्ने पीडितलाई राजनीतिक आस्थाका आधारमा राहत वितरण गरेँ, प्रमाण देखाउनु परयो फाल्तु कुरा गर्न मिल्दैन ।
गृहमन्त्री गौतमले उल्टै स्थानीय विकासमन्त्री सिंहले राजनीति गरेको प्रतिआरोप लगाएका छन् । राज्यको गएको राहतलाई प्रकाशमान दाईले पठाउनु भएको हो भन्दै उनका कार्यकर्ताले वितरण गरेको सुचना बरु मैले पाएको छु, गृहमन्त्री गौतमले भने । स्थानीय विकास मन्त्रालयबाट गएका राहतमा सिंहले राजनीति गरेको उनले प्रतिआरोप लगाए ।

Kalyan Bhattarai kdbhattarai2009@gmail.com

No comments:

Post a Comment