Sustain Humanity


Tuesday, May 12, 2015

ठाउँ–ठाउँमा पहिरोको जोखिम!PLEASE SEE THE LINK POSSIBLE LANDSLIDE CATASTROPHE THIS MONSOON

PLEASE SEE THE LINK POSSIBLE LANDSLIDE CATASTROPHE THIS MONSOON

Tej Kumar Karki

PLEASE READ THE ARTICLE THAT WARNS BIG LANDSLIDE THIS MONSOON AS A RESULT OF BIG EARTHQUAKE DRIVEN SHAKE-UP OF SOIL MASS IN THE MOUNTAIN


LET US RAISE THIS VOICE LOUDER AND CLEAR--- TO RESETTLE THOSE MOUNTAIN PEOPLE AT RISK IN FLAT PLAIN LAND AT LEAST FOR THIS RAINY MONSOON SEASON

LET US RAISE VOICE---FOR MAKING AUTHORITY READY FOR ROAD DAMAGES AND RIVER BLOCKAGE, LAKE FORMATION, FLASH FLOOD DAMAGE

COMING MONSOON WILL BE DIFFERENT FROM PREVIOUS ONES---MORE DANGER

WE MAY NEED HELICOPTERS AND EQUIPMENTS AS WELL FOR THIS MONSOON

WE ARE NOT YET OUT OF THE WOODS AND MORE RISKS AHEAD

HOPE THE AUTHORITIES HAVE TAKEN THIS IS FACTOR IS TAKEN INTO ACCOUNT

ठाउँ–ठाउँमा पहिरोको जोखिम


काठमाडौ, वैशाख २८ -
महाभूकम्प र तारन्तार गइरहेका पराकम्पनको थर्काइले प्रभावित इलाकामा सयौं सुक्खा पहिरोको खतरा बढेको छ । पहाड र चट्टानलाई हल्लाएर खुकुलो बनाएकाले वर्षात्मा ठूला–ठूला पहिरोको सम्भावना रहेको नेपाली र चिनियाँ भूगर्भशास्त्रीहरूले औंल्याएका छन् ।

‘हाम्रो अध्ययनले सयौं ठूला पहिरो जाने र राजमार्ग रोकिन सक्ने प्रबल सम्भावना रहेको देखियो,’ त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक मेघराज धितालले सोमबार कान्तिपुरलाई भने, ‘अहिले साना तर धेरै लामा सुक्खा पहिरो देखिएका छन्, वर्षात्ले तिनै ठाउँमा भीमकाय पहिरो निम्त्याउन सक्छ ।’

महाभूकम्पलगत्तै आएका चिनियाँ प्रज्ञा प्रतिष्ठानका ११ सदस्य भूगर्भविद् र त्रिभुवन विश्वविद्यालयका भूगर्भविद्ले गोरखादेखि सिन्धुपाल्चोकसम्मैको मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा हेलिकप्टरबाट पहिरोको सर्वेक्षण गरेका थिए । सँगै विभिन्न टोलीले सम्भावित खतरामा रहेका राजमार्ग र उच्च जोखिममा रहेका बस्तीको स्थलगत अध्ययनसमेत गरेका थिए ।

महाभूकम्पपछि तारन्तार आएका पराकम्पनको हल्लाईले भिरालो जमिनमा फैलिएका सयौं बस्ती र राजमार्ग रहेका पहाडको सतह कमजोर बनेकाले लामो वर्षा हुनेबित्तिकै पहिरो जान सक्ने प्राध्यापक धितालले बताए । सिन्धुपाल्चोकको तातोपानी जोड्ने कोदारी राजमार्ग, दोलखादेखि तामाकोसी जोड्ने मार्ग, बालाजु बाइपासदेखि नुवाकोट हुँदै रसुवागढी जोड्ने पासाङ ल्हामु शेर्पा मार्गका विभिन्न खण्ड र मुग्लिङ–नारायणगढ खण्डमा सबैभन्दा बढी पहिरोको जोखिम रहेको भूगर्भशास्त्रीहरूको निष्कर्ष छ ।

सिन्धुपाल्चोकको कोदारीमार्गमा निर्माणाधीन सुक्खा बन्दरगाहसमेत थर्किएर कमजोर बनेकाले त्यो असुरक्षित रहेको विशेषज्ञहरूले जनाएका छन् । गत वर्षको साउनमा गएको जुरे पहिरो आसपासको क्षेत्र, खाडीचौर, चर्नावतीलगायतमा ठूला धाँजा फाटेकाले पहिरो जान सक्ने धितालले औंल्याए । उक्त क्षेत्रको चट्टान कमजोर भएकाले चट्टानी पहिरोको सम्भावना बढ्ता देखिएको छ ।

गोरखादेखि सिन्धुपाल्चोकसम्मका हिमाली बस्तीहरूसमेत पहिरोको उच्च जोखिममा रहेको उनीहरूले औंल्याएका छन् । पहिलेदेखि नै पहिरोको जोखिममा रहेको गोरखाको केरौंजामा थप पहिरो गएपछि बस्ती नै स्थानान्तरण गरिसकिएको छ । वैशाख १२ देखि २७ गतेसम्म सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखा, गोरखामा केन्द्रविन्दु बनेर धेरै भूकम्प गएकाले ती जिल्लाका पहाड बढी थर्काइमा परेको भूगर्भविद्हरूको भनाइ छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १७ दिनमा ४ देखि ७.६ रेक्टर स्केलसम्मका १ सय ६० भन्दा बढी भूकम्प गएका छन् ।

‘केही ठाउँमा गत वर्ष जुरेमा जस्तो पहाडै खस्ने खालका पहिरोको पनि सम्भावना छ,’ धितालले थपे, ‘कम्पनले जमिनको सतह कमजोर बनाइसकेकाले अहिले हाम्रा पहाडले ठूलो वर्षा थेग्न सक्ने अवस्था छैन ।’ विशेषज्ञहरूले बढी भिरालो, थुम्का, खोंच, नदी किनार र चट्टान बढी भएको क्षेत्रका बस्ती उच्च जोखिममा रहेकाले बेलैमा बस्ती स्थानान्तरण गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । ‘विगतमा गएका साना पहिरोमा भूकम्पपछि ठूलो पहिरो थपिएको र वर्षात्मा अझै थपिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्छ,’ उनको सुझाव छ । नेपालमा सामान्यतया जेठ अन्तिममा सुरु हुनुपर्ने भए पनि असार पहिलो सातादेखि मनसुन सुरु हुने गरेको छ ।

भूगर्भविद्को टोलीले पहिरोले भासिने सम्भावना बढी रहेका सडक, ठूला आयोजना, ठूला पहिरा आएर बाटो बन्द हुन सक्ने खण्ड, विद्युत् गृह र अन्य संरचनालगायत जोखिमबारे पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको छ । ‘राजमार्गका कुन–कुन स्थान जोखिममा छन्, भौतिक मन्त्रालय र सडक विभागका अधिकारीहरूलाई जानकारी गराएका छौं,’ धितालले भने, ‘गृह मन्त्रालयलाई पनि सम्भावित अवस्थाबारे जानकारी गरायौं ।’

उनले अग्ला पहाडका थुम्का र टापुमा रहेका बस्तीसमेत पहिरोको जोखिममा रहेकाले सतर्क अपनाउनुपर्ने सुझाए । उनले भने, ‘थुम्कामा रहेका बस्तीहरू मज्जाले हलिएकाले लगातार वर्षासँगै आउने पहिरोले बस्ती नै सखाप पार्न सक्ने देखिन्छ ।’ कुनै कुनै स्थानमा ठूलो पहिरो आई खोला/नदी थुनिने र पानीको बहावले कमजोर बनेको बस्ती बगाउने सम्भावना रहेकाले खोंचमा रहेका बस्ती बढ्ता जोखिममा देखिएका छन् ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञसमेत रहेका भूगर्भविद् डा. विशालनाथ उप्रेतीले भूकम्पले जमिनमा धेरै चिरा पार्नुका साथै जमिन खुुकुलो बनाएकाले पहिरोको जोखिम अत्यधिक रहेको बताए । ‘जमिन खलबलिएकाले वर्षात्मा ठूलो पहिरोको सम्भावना जहाँतहीँ छ,’ उप्रेतीले भने, ‘ठूला चट्टानी पहिरोसमेत आउन सक्छ ।’ बाहिरी भूबनोट राम्रो देखिए पनि भित्री भागमा धाँजा परेकाले वर्षात्को पानी पर्नेबित्तिकै पहिरोको रूप लिन सक्ने उनले औंल्याए ।

भूगर्भशास्त्रका अर्का प्राध्यापक डा. रञ्जनकुमार दाहालले विगतदेखि नै ठूला भूकम्पपछि भीमकाय पहिराहरू जाने गरेकाले बढी केन्द्रविन्दु बनेका स्थान पहिरोका हिसाबले उच्च जोखिममा रहेको बताए । 

No comments:

Post a Comment