Sustain Humanity


Thursday, September 15, 2016

के नेपाली नेता रंजित रे का रैती हुन्? Tej Kumar Karki


के नेपाली नेता रंजित रे का रैती हुन्?


रन्जितले बोलाउने बित्तिकै बुरुक्क उफ़्रिएर आफ्नो पदीये मर्यादा समेतको ख्याल नगरी पार्टी नेता र भू पु प्रधान मन्त्रि, समेतहरु भरतिएय दुतावास मा लाइन लाग्ने, खाजा र भात समेत खान होड बाजी गर्ने कस्तो चरित्र हाम्रो?      

के नेपाली स्वाभिमान येही हो?

जति पायो तेतिबेला रंजित लाइ भेट दिने अनि मिडिया लाइ फोटो दिएर ठुलै उपलब्धि भए झैँ गर्ने कस्तो दरिद्रता हो यो?

रंजित संग भेट्न पाए केहि फाइदा भै हाल्छ कि? बा मन्त्रीनै बनाइदिञ्छकि? बा चुनाबमा चंदानै दिन्छ कि? एस्तो लोबले गर्दा जसलाई बहिस्कार गर्नु पर्नेहो उसलाई जहाँ भनो तेही पुगेर भेट्न तयार भै हाल्छन| तेस्मा कोइ कम छैनन् माधव नेपाल र खड्ग ओली समेत| सेर र प्रचण्ड को त कुरै नगरौ|

हाम्रो दरिद्रताको फाइदा रंजित र सबै बिदेसिले उठाएका छन्| केहि पाउछुकि भनेर बिदेसी संग नतमस्तक भै हाल्ने नेपाली को बानीले देस बिदेसिको इसारा मा संबिधान, धर्म, जात भात  मा विभाजित छ|

येसो नभएको भए रंजित रे ले दिन दहाडै नेपालको राजधानी मा बसेर राजनीति चलाउने हिम्मत कसरि गर्न सक्छ?

पैसा बाट्ने, दुताबास मा मिटिंग राख्ने, अनि आन्दोलन कारी लाइ सहयोग गर्ने हिम्मत कसरि गर्छ?

किन रंजित रे लाइ देस बाट फिर्ता गर्ने हिम्मत गर्न सक्दैनन्? तेत्रो नाकाबन्दी गर्दा पनि रंजित रे किन हाबी भै रह्यो?    

किन उसलाई जे गर्ने पनि छुट छ नेपालमा?     

एसको लागि अरुलाई दोस दिएअर हुन्दैन, हाम्रो दरिद्र चरित्रनै बदल्नु पर्छ? स्वाभिमानी नेपाली जस्तो काम  र बेबहार मा देखाउनु पर्छ|

संसद मा सत्ताको लागि 'मुसा' बन्ने, हाजिर गरेर भाग्ने, कुनै राजदुतले प्रलोभन देखायो भने बिक्ने| मेडिकल र अन्य माफिया को नाइके बन्ने      

एस्तो चरित्र भएको लाइ रंजित रे त के एक सामान्य भारतिएय बेपरी,र  दलाल ले पनि घुमाउन सक्छ| 
       
यो दरिद्र प्रबिर्ती को भ्रत्सना व्यापक गरौ र रंजित रे को भतुवा नबनाऊ| 

तब मात्र नेपाल को सिर ठाडो हुनेछ र हमोर स्वाभिमानी नेपाली झन्डा संसारमा चम्कने छ| 

Media please write this message loud and clear and shape national opinion on ethics, dignity and national pride.

No comments:

Post a Comment